समाचार सुन्नुहोस् :
काठमाडौं – अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । नेकपा एमाले निकट विद्यार्थी युनियन (अनेरास्ववियू)को गएराति सम्पन्न निर्वाचनमा बडाल अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघिको कार्यसमितिमा महासचिव रहेका बडाल यो निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष बडालले आरसी लामिछाने र मोती बिकलगायतका विद्यार्थी नेतालाई हराएका हुन् ।
उक्त निर्वाचनमा १ हजार ५१७ जनाले मतदान गरेका थिए । हिजो सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमिति भने घोषणा हुन बाँकी छ । अनेरास्ववियूको १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुनेछ । निर्वाचनमा विद्युतीय मेसिनमा प्रयोग भएको थियो ।