Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – अमेरिकाको एउटा उडानमा रहेको रहेको विमानले आपतकालीन अवतरण गर्नु परेपछि उडानको नियम विपरित काम गर्ने एक महिला पक्राउ परेकी छिन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

३७ हजार फिटको उडानमा रहेको विमानको ढोका खोल्ने प्रयास गर्ने महिला पक्राउ परेकी हुन् । पूर्वी जिल्ला अर्कान्ससको एउटा अदालतले जारी गरेको कागजातअनुसार विमानको झ्याल खोल्ने ३४ वर्षीय महिला इलोन एगबेगिनियस पक्राउ परेकी हुन् ।

उडानको बीचमा उनले जिससले विमानको ढोका खोल्न भनेको’ भन्दै उनले ढोका खोल्ने प्रयास गरेकी थिइन् । शनिबार हुस्टनबाट कोलम्बसका लागि उडेको साउदवेस्ट फ्लाइटको उडानका क्रममा अचम्मलाग्दो उक्त घटना भएको थियो ।

उडान परिचारकहरूले उनलाई आपत्कालीन एक्जिटमा जानबाट रोकेपछि इलोनले उडानको ढोका खोल्ने प्रयास गरेकी थिइन । महिलाको कदमले अचम्म परेका एक यात्रुले उनलाई रोक्न खोजेका थिए तर महिलाले उनको तिग्रामा टोकिदिएकी थिइन् । विवरणअनुसार महिलाबाट उम्कन ती पुरुषले उनको मुखमा आफ्नो औँला हाल्नु परेको थियो ।

अदालतको कागजात अनुसार ती महिला विमानको पछाडितर्फ पुगेर एक्जिट डोरमा एकहोरो हेरेकी थिइन । विमान परिचार तत्काल घटनास्थलमा पुगेर बाथरुम प्रयोग गर्न वा बस्न अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया