बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – गुल्मीकाे प्रहरी कार्यालय गुल्मीले एक भारतीय नागरिकको हत्या अभियोगमा एक दम्पतीलाई पक्राउ गरेको छ । भारतको सुगौली पूर्वी चम्पानगर–८ का ४४ वर्षीय शेख अताहुसेइको हत्या अभियोगमा गुल्मीको सत्यवती गाउँपालिका-१ का ५६ वर्षीय छविलाल अधिकारी र श्रीमती ४८ वर्षीया विष्णु अधिकारीलाई गुल्मी प्रहरीले पक्राउ गरेर शनिबार सार्वजनिक गरेको हो ।

अधिकारी दम्पतीले गत माघ १२ गते शेखको हत्या गरेर खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । शेखले मदिरा सेवन गरेर छविलालकी श्रीमतीलाई यौनजन्य क्रियाकलाप गरेपछि हथौडा प्रहार गरी हत्या गरेर दम्पती मिलेर बोरामा राखेर घर नजिकैको पुलबाट कालिगण्डकी नदीमा फालेको प्रहरी समक्ष स्वीकारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् ।

माघ १९ गते रुरु क्षेत्र २ को ढोडेनी बगरमा उत्तानो परेको अवस्थामा शव फेला परेको खबर पाएपछि अनुसन्धानबाट अभियुक्त फेला परेका रानाभाटाले बताएका छन् ।

तपाईको प्रतिक्रिया