शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – धवलागिरिको काख म्याग्दी जिल्लाको बेनीमा जन्मिएका गायक हुन् प्रकाश दूतराज । हिमालको चिसो हावाको झोक्का जस्तै, तरङ्ग र पानीको बहावसरि मज्जा आउँछन् दूतराजका गीतहरू ।

उनी गीत गाउने मात्रै होइन, गीत लेख्ने पनि गर्छन् । संगीत पनि भर्छन् । र आफ्नै गीतको म्युजिक भिडियोमा अभिनयको अभिभारासमेत आफैँ बोक्छन् । यो उनको खुबी हो । यसो भनौँ न बहुमुखी प्रतिभाका धनी छन् दूतराज ।

पछिल्लो समयका हिट गायकको सूचीमा अग्रपंतिमै आउँछ उनको नाम । उनी नाम जस्तै गीत संगीतका प्रकाश हुन् भन्दा फरक नपर्ला । ‘आरने’ बोलको गीतबाट उनको चर्चा सुरु भयो । आरनेको बाटो हुँदै उनी ‘बैनी झ्यालैमा’ बोलको गीतले उनलाई लोकगीत प्रेमीको माझमा पुर्‍यायो ।

उनले गाएको ‘घर कता हो बैनी’को गीतले सर्वाधिक सफलता हासिल गर्‍यो । आज पनि जनजिब्रोमानै झुन्डिन्छ यो गीत ।

पछिल्लो समयका सबै हिट गीतहरू गायक प्रकाश जापान टुरमा आउँदैछन् । जापानका विभिन्न शहरहरुमा टोकियोमा फेब्रअरी १२, फुकुओकामा फेब्रअरी १८, नागोयामा फेब्रअरी १९, ओसाकामा फेब्रअरी २९ ,नारितामा अप्रिल २ तारिखका दिन सांगीतिक धमाका हुँदैछ ।

कार्यक्रमको मुनाफाबाट आर्थिक कोष स्थापना गरिने कार्यक्रम संयोजक सचिन श्रेष्ठले जानकारी दिए । ‘प्रत्येक व्यक्तिले लिने टिकटको पैसा आफैमा पुण्यको काममा खर्च हुने विश्वासका साथ कार्यक्रममा उपस्थित हुन जापानवासी नेपालीहरूमा अनुरोध गर्दछु,’ श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया