बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – पर्वतको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले माघ २० गते सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए ।

सो बारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करिब १५ मिटर तलबाट सकुशल उद्धार गरेको हो ।

उद्धार पश्चात् उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएको साथै उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया