बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाण्डाै – बङ्लादेशमा हिजोदेखि सुरु भएकाे साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली बङ्लादेशसँग ३–१ गोलले पराजित भएको हो ।

ढाकाको मुस्तफा कमल मैदानमा भएको खेलमा घरेलु टोलीका लागि मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालका लागि मनमाया दमाईले एक गोल गरिन्। च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले भुटानलाई १२–० गोलले हरायो ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटान सहभागी छन् । आफ्नो दोस्रो खेलमा नेपालले आइतवार भुटानसँग, मङ्गलवार भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले उपाधिका लागि बिहीवार खेल्नेछन् ।

 

तपाईको प्रतिक्रिया