शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – मेटाका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति पहिलो पटक एकदिनमा १२ अर्बले बढेको छ । उनको कुल समपत्ति ६७.६ अर्ब डलर रहेकोमा बिहीबार १२.४ अर्बले बढ्दा ६७.६ अर्ब पुगेको हो । फोर्ब्स म्यागाजिनका अनुसार उनको कम्पनी मेटाको शेयर २३ प्रतिशत वृद्धि हुँदा उनको सम्पत्तिमा पनि उल्लेखनीय वृद्धि भएको हो ।

अहिले मेटा नाम रहेको जुकरबर्गको कम्पनी फेसबुक पहिलो पटक सन् २०१२ मा पब्लिक कम्पनी भएको थियो । त्यो समयदेखि कम्पनीको शेयर मूल्य सबैभन्दा पहिलो पटक यो सङ्ख्याले वृद्धि भएको छ ।

कुनै समय जुकरबर्ग विश्वका शिर्ष १० धनाड्यहरूमा पर्थे । उनले आफ्नो कम्पनी रिब्रान्ड गर्दै मेटा नाम राखेपछि उनको कम्पनीको शेयर लगातार खस्किरहेको थियो । मेटाको शेयर मूल्य घट्नुका पनि विविध कारण छन् । विशेषगरी प्रविधिको दुनियाँमा नयाँ काम गरि चर्चामा आइरहने मार्क जुकरबर्गको मेटाभर्स परियोजना असफल हुँदा उनी घाटामा गएको धेरैको तर्क छ । त्यसबाहेक पनि बजारमा राम्रो प्रभाव पारेको उनको कम्पनी फेसबुकको प्रतिद्वन्द्वीका रूपमा टिकटकको उदय भयो । त्यसपछि कम्पनीको मूल्य लगातार ओरालो लागिरहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया