मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टोकियो – जापानको कानागावा प्रिफेक्चरमा चक्कु देखाएर लुटपाट भएको छ । नाकाईमा रहेको अपार्टमेन्ट भवनको पार्किङमा चक्कु बोकेका ती व्यक्तिले ३० वर्षीया महिलाबाट २३ लाख येन नगद चोरेका हुन् ।

प्रहरीका अनुसार दिउँसो १ बजेतिर भएको उक्त घटनामा महिलालाई कुनै चोटपटक छैन । स्वरोजगार भएकी महिला कारमा चढ्न लागेपछि ती व्यक्तिले उनको पछिल्तिर आएर चक्कुले धम्की दिएका थिए । उनले नगद सहितको खाम चोरेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया