शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – अबुधाबीबाट मुम्बईका लागि उडेको एउटा भारतीय विमानमा एक विदेशी यात्रुलाई विमानका कर्मचारीहरूले सीटमा बाँधेर राखेको विवरण सार्वजनिक भएको छ ।

इटलीकी ती महिलाले चालकदलका एक सदस्यलाई मुक्का हानेको र अर्का कर्मचारीलाई थुकेकोूहुनाले त्यसो गरिएको बताइएको छ । आरोपित महिला एअर विस्ताराको विमानमा चढेर भारत आएकी थिइन् । उनलाई सोमबार मुम्बईमा पक्राउ गरिएको थियो । पछि उनी धरौटीमा छुटिन् ।

उनका वकिलले ती महिलाले कसैलाई पनि मुक्का नहानेको र नथुकेको दाबी गरेका छन् । ती यात्रुमाथि झुट्टा आरोप लगाइएको उनको दाबी छ । तर एअर विस्ताराले ती महिलाको अविच्छिन्न उच्छृङ्खल आचरण र हिंसक व्यवहार रोक्न आफ्ना कर्मचारीले उनलाई नियन्त्रण गर्नुपरेको जनाएको छ । बीबीसी

तपाईको प्रतिक्रिया