शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेर्न हाल पुगेका छन् । क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले फिल्म हेरेका हुन् ।

हल म्यानेजर सुरेन्द्र महर्जनका अनुसार शनिबार बेलुकी साढे ५ बजेको शोमा पुगेर उनीहरुले फिल्म हेरेका थिए । फिल्म हेरेपछि पूर्वरानी कोमल र हिमानीले फिल्म मनपरेको प्रतिक्रिया दिएको जनाइएको छ । उनीहरुसँग अन्य सहयोगी पनि हलमा पुगेर फिल्म हेरेका थिए । पूर्वराजपरिवारका सदस्यहरुले यसअघि पनि बेलाबेलामा हलमा पुगेर फिल्म हेर्ने गरेका छन् ।

गत बुधबार नेपालमा रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्म मुलुकका डेढ सयभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया