मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – इरानमा आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेका एक जाेडीलाई  १० वर्ष जेल सजाए सुनाइएकाे छ  । सडकमा नाचेको भिडियो सामाजिक सञ्जालमा हालेका उनीहरूलाई भ्रष्टाचार, वेश्यावृत्ति र अफवाह बढाएको आरोपमा दश वर्षको कैद सजाय दिइएको हो ।

भिडियाेलाई इन्स्ट्राग्राममा करिब २० लाखले पछ्याईरहेका २१ वर्षीया आस्तियाज हाक्किकी र २२ वर्षीय अमीर मोहम्मद अहमदीलाई जेल सजाय दिइएको हो ।

उनीहरूलाई दुई वर्षसम्म सामाजिक सञ्जालमा जोडिन पनि बन्देज लगाइएको छ । यो नर्तकी जोडीमाथिको कारबाही इरानमा जारी प्रदर्शनसंग भने सम्बन्धित नरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया