काठमाडौं – भैँसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको घिउसहित चार जना पक्राउ परेका छन् । रौतहटको फूलतारा डेरी उद्योगमा प्रहरीले छापा मारेर डेरी सञ्चालक मोहम्मद मतिउल्लाह र तीन जना कामदार पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मङ्गलबार साँझ फूलतारा डेरी उद्योगमा छापा मारेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।