शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – भारतीय व्यापारी गौतम अडानी विश्वका प्रमुख १० धनाढ्यको सूचीबाट बाहिरिएका छन् । अडानी ब्लुम्बर्गको विश्वका १० धनाढ्यको सूचीबाट बाहिरिएका हुन् ।

विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा चौथो स्थानमा रहेका उनी आज एकाएक ११ औँ स्थानमा पुगेका छ्न् । उनका कम्पनीहरूको सेयर यही गतिमा ओरालो लागे उनी चाँडै नै एसियाको सर्वाधिक धनीको सूचीबाट पनि बाहिरिने ब्लुमबर्गको अनुमान छ । ब्लुमबर्गको अर्बपतिको सूचकांकका अनुसार अडानीले ३ दिनको अवधिमा ३४ अर्ब डलर बराबरको नीति सम्पत्तिको गुमाएका छन् ।

हाइड्रोपावर, सिमेन्ट उद्योग, मिडियासहित विभिन्न क्षेत्रमा ठूलो लगानीसहित व्यापार व्यवसाय सञ्चालन गरिरहेको अडानी समूहले भ्रष्टाचार गरेको, करछली गरेको र सेयर बजारलाई प्रभाव पारेकोजस्ता आरोप लगाउँदै रिसर्च फर्म हिन्डनवर्गले प्रतिवेदन सार्वजनिक गरेपछि उनको सेयरमा एकाएक गिरावट आएको थियो ।

पहिले अडानीको कूल सम्पत्ति ९२ अर्ब ७० करोड डलर रहेकोमा हाल घटेर ८४ अर्ब ४० करोड अमेरिकी डलरमा सीमित भएको छ ।

तपाईको प्रतिक्रिया