काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।५०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० रूपैयाँ कायम गरिएको थियो।
यसदिन तेजावी सुन मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तरार्ष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो।सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ।