Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – विश्व भोकमरी सूचकांकमा नेपाल ८१औँ स्थानमा परेको छ । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुखसंगै दक्षिण एशियामा अन्य मुलुकको तुलनामा बलियो देखिएको हो । विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२२ अनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको हो ।

यसअघि सन् २००० मा भोकमरीको सूचकांकमा नेपालले ३७.० अंक पाएको थियो । जुन समयमा नेपालमा भोकमरीको उच्च जोखिम मुल्यांकन गरिएको थियो । त्यसपछि सन् २००७ र सन् २०१४ मा नेपालको अवस्था गम्भीर तर जोखिमपूर्ण अवस्थामा सुधार देखिएको थियो । जुनबेला नेपालले क्रमशः ३०.० र २१.२ अंक पाएको थियो ।

हाल भने नेपालमा भोकमरीको अवस्था अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ । सन् २०२२ को प्रतिवेदनअनुसार नेपालले १९.१ अंक पाउँदै भोकमरीको सूचीमा ८१औँ स्थानमा देखा परेको छ । यता विश्व भोकमरीको सूचकांकमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपालभन्दा कमजोर देखिएका छन् । बंगलादेश १९.६ अंकसहित ८४औं स्थानमा बंगलादेश छ भने २६.१ अंकसहित सूचीको ९९औं स्थानमा पाकिस्तान छ ।

 

तपाईको प्रतिक्रिया