शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मन्त्री नवकिशोर बायाँ र गोली प्रहार गर्ने असई गोपाल दास।

काठमाडौं – भारतको ओडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टर गोली प्रहार गरेका छन् । गोली लागी गम्भीर घाइते भएका दासको उपचारका क्रममा निधन भएको छ ।

सार्वजनिक कार्यक्रममा भाग लिन ओडिसाको झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई प्रहरी असई गोपाल दासले गोली प्रहार गरेका हुन् । मन्त्री दास गाडीबाट ओर्लिने क्रममा असई दासले गोली हानेका थिए। गोली मन्त्रीको छातीमा लागेको थियो ।

गोली प्रहार गर्ने प्रहरी असई गोपाल दास पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया