शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – भारतीय गायक कैलाश खेरमाथि सांगीतिक प्रस्तुति दिइरहेको बेला आक्रमण भएको छ । कर्नाटकमा आयोजित हम्पी उत्सवमा आफ्नो प्रस्तुति दिने क्रममा उनीमाथि आक्रमण भएको हो । भारतमा तीन दिनको हम्पी महोत्सव आयोजना गरिएको थियो ।

उत्सव जनवरी २९ अर्थात हिजो आइतबारसम्म चलेको थियो । उक्त महोत्सवमा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । सोहि क्रममा कैलाश खेरले पनि आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिइरहेका थिए । यद्यपि, स्टेजमा गीत गाइरहेको बेला कैलाशमाथि दुई जना युवकले बोतल प्रहार गरेका थिए ।

ती दुई युवकले कैलाश खेरसंग कन्नड भाषाका गीत गाउन माग गरेका थिए । उनीहरुले गीत माग गरिरहँदा कैलाश खेर आफ्नो प्रस्तुतिमा व्यस्त थिए । त्यहि समयमा ती दुईले उनीमाथि बोतल फ्याँकेका थिए । गायक खेरलाई बोतल प्रहार गरेको आरोपमा ती दुबैलाई प्रहरीले हिरासतमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया