शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – शाहरुख खानको नयाँ फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । भारतमा मात्र होइन, बाहिर समेत पठानको आक्रामक व्यापार जारी रहेको छ । यो फिल्मले हरेक दिन नयाँ–नयाँ कीर्तिमान बनाउने क्रम जारी छ । चार वर्षपछि ठूलो पर्दामा फर्किएका शाखरुख खानको पुनरागमनले सिनेमा हलको रौनक फर्काएको छ ।पठानका लागि दर्शकको उत्साह अद्भूत रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् पठानले उत्कृष्ट ओपनिङ गर्दै विभिन्न ठूला कीर्तिमानहरु यसअघि नै भंग गरिसकेको छ ।

यो फिल्मले हिन्दी फिल्मको इतिहासमै सबैभन्दा ठूलो ओपनर फिल्मको रुपमा आफ्नो नाम लेखाइसकेको छ । पठान सिनेमा हलमा आएको पाँच दिन बितिसकेको छ । यद्यपि, दर्शकमा यो फिल्मप्रतिको क्रेज घटेको छैन ।यो सप्ताहन्त पठानकै नाममा रह्यो । आइतबार यो फिल्मले ७० करोड भारतीय रुपैयाँ आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

आइतबारको विदाले पनि पठानलाई फाइदा पुग्यो । भारतमा मात्र होइन, विश्वभरी नै पठानको क्रेज उस्तै छ । पठानको विश्वव्यापी ग्रस कलेक्सन पाँचौं दिनसम्म आइपुग्दा ५५० करोड भारु पुग्ने अनुमान गरिएको छ । जम्मा पाँच दिनमा ५५० करोड भारु आम्दानी गर्नु आफैंमा ठूलो उपलब्धि मानिएको छ । बक्स अफिसको यो तथ्यांकले शाहरुख खानलाई बलिउडका वास्तविक बादशाह हुन् भन्ने कुरा पुनः एक पटक प्रमाणित गरिदिएको छ । लामो समयदेखि बलिउडले नै एउटा ठूलो सफलताको प्रतिक्षा गरिरहेको थियो । अधिकांश फिल्महरु फ्लप भैरहेको बेला तथा राम्रा फिल्महरुले समेत दर्शक नपाइरहेको बेला शाहरुख खानको पठानले फिल्म क्षेत्रलाई नै जीवनदान दिएको टिप्पणी गर्न थालिएको छ ।

 

तपाईको प्रतिक्रिया