Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं महानगरका मेयर साहले भेटवार्ता गरेका हुन्।

फुटपाथ, सुकुम्बासीलगायतका विषयमा काठमाडौं महानगरको पछिल्लो कामको विरोध गर्दै प्रदर्शन हुन थालेपछि मेयर बालेन प्रचण्डसँग छलफल गर्न पुगेका हुन्। यस अगाडि महानगरले बस्ती हटाउन खोज्दा गृह मन्त्रालयले असहयोग गरेको उनले गुनासो गरेका थिए। सो लगत्तै महानगरले ठूलो संख्यामा नगर प्रहरी करारमा भर्ना गरेको छ। बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन साहले सरकारको साथ खोजेका छन्।

उनीहरुबीच महानगर र केन्द्र सरकारबीचको समन्वय, सुकुम्बासी समस्या समाधान र फोहोर व्यवस्थापन लगायतको विषयमा छलफल भएको बताइएको छ। भेटमा मेयर बालेनले महानगरको काममा साथ दिन आग्रह गरेका छन्। जवाफमा प्रचण्डले महानगरले गर्ने विकास र सकरात्मक काममा सरकार र माओवादी केन्द्रको सहयोग रहने बताएको बालुवाटार स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया