काठमाडौ – साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबार नेप्से १४.६८ अङ्कले घटेर २ हजार १६८.५३विन्दूमा बन्द भएको छ ।आजको कारोबारमा ८२ लाख ७६ हजार ७५१ कित्ता शेयरको किनबेच हुँदा ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको हो ।
त्यसैगरी लुम्बिनी जनरल इन्सोरेन्स र बाराही हाइड्रोपावर कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । होटल एण्ड टुरिजम समूह र लाइफ इन्स्योरेन्सबाहेक सबै समूह घटेको छ ।