Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधान अन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरु सक्षम रहेको पनि पटक–पटक दोहोर्‍याए।

शहीद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए। संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘अहिले भर्खरका पनि घटनाक्रमहरु छन् नि, सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो नि, के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधानअन्तर्गत हामी राजनीतिक दलहरुलाई यसलाई एउटा टुंगोमा पुर्‍याउन सक्षम छौँ। यसमा अलिकति पनि आत्तिनुपर्ने, चिन्ता गर्नुपर्ने कुरा छैन। यस्ता कुराहरु उत्पन्न हुन्छन्। त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो।’

 

तपाईको प्रतिक्रिया