मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सरकारी निकायका वेबसाइटमा समस्या आएको छ। शनिबार मध्याह्नदेखि सरकारी कार्यालयका वेबसाइट खुलेका छैनन्। सरकारी निकायका जीओभी डट एनपी भएका वेबसाइट नखुलेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ। जसले गर्दा सार्वजनिक सेवामा समस्या भएको छ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा हवाइ सेवा प्रभावित भएको छ। नेपाल वायु सेवाका यात्रु अलपत्र परेका छन्। विमानस्थल कार्यालयका अनुसार सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन सकेको छैन। जसले गर्द त्रिभुवन अन्तर्राष्ट्रिय मिवानस्थलबाट उड्न पर्ने जहाज रोकिएका छन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा केही घण्टादेखि समस्या आएकाले सरकारी निकायका वेबसाइट नखुलेकाे बताए। “सर्भरमा समस्या आएको छ, ह्याक भएको आशंका गरिएको छ,” पोखरेलले भने। इन्जिनियरहरूले काम गरिरहेको र छिट्टै समस्या समाधान हुने जानकारी दिएको पोखरेलले बताए।

तपाईको प्रतिक्रिया