Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको बताएका छन् । ‘नेपालको इतिहासमा कोही कोही बेला न्यायपालिकाले मुलुकको अस्तित्व धान्ने, राष्ट्रियता बचाउने फैसला गर्ने गरेको छ । सर्वोच्च अदालतको फैसलालाई हाम्रो पार्टीले हार्दिक स्वागत गरेका छौं । रवि लामिछानेलाई मैले संसद्को रोस्ट्रममा उभिएर र व्यक्तिगत रुपमा भेटेर पनि तपाईं कमसेकम नेपाली नागरिक त हुनुहोस्, अमेरिकी र नेपाली दुवै नागरिक भएर मुलुकको नेतृत्व कसरी गर्नुहुन्छ, जनतालाई किन भ्रम पार्नुहुन्छ भनेको थिएँ । तर उहाँले सुन्नुभएन,’

लामिछानेलाई नेपाली र अमेरिकी पासपोर्ट लिएर हिँड्ने अधिकार नभएको पनि उनले औंल्याए । केसीले भने, रवि लामिछानेले पत्रकारिता गर्दा म पनि उहाँप्रति आकर्षित थिएँ । तर उहाँ त नेपाली र अमेरिकी दुईतिरको पासपोर्ट लिएर बस्नुभएको रहेछ । रवि भनेको अमेरिकन साम्राज्यवादको प्रतीक हो । पासपोर्टको पनि न्यायपूर्ण छिनोफानो हुनुपर्छ । नेपालमा मनपरी गर्न पाइँदैन ।’ रविको नागरिकता प्रकरणमा निर्वाचन आयोग र काठमाडौं जिल्ला प्रशासन दुवैको बदमासी रहेको पनि उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले के रवि लामिछानेलाई फेरि मन्त्री बनाउनु होला भन्ने प्रश्नमा केसीले भने, ‘प्रचण्ड थपना मात्र हो । उहाँलाई त खड्गप्रसाद ओलीजीले बनाएको हो नि । वास्तविक प्रधानमन्त्री ओलीजी हो, प्रचण्डलाई त देखाएको मात्र हो । यो कुरा ओलीले नै गर्ने हो ।’

प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिनेमा पनि उनले आशंका प्रकट गरे । केसीले भने, ‘प्रचण्डजी त पाँचदलीय गठबन्धनलाई धोका दिएर रातारात बालकोट पुगिहाल्नुभयो नि । उहाँ आफूलाई जता पदको सोर् याक पर्छ, त्यतै फुङ हाल्नुहुन्छ । त्यसैले यसै भन्न सकिँदैन ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया