काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम गरेको हो। बिहिबार प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार १ सयले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कारोबार भइरहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।