Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मोबाइलसँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं । ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ । तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन् ।

पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ । जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ ।

विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ । जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन। त्यसले हाम्रो कार्यक्षमतामा असर पुर्‍याउँछ ।

बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ । बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिंदा रक्तचाप थप बढ्न सक्छ । जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

बिहान मोबाइल चलाउँदा हामी सामान्यतया इमेल वा सोसल मिडियाको नोटिफिकेशनमै आँखा लगाइरहेका हुन्छौं, त्यस क्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौं । हामी आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थाल्छौं । जसले गर्दा तपाईंको दिनको शुरुआत राम्रो हुँदैन ।

विज्ञहरु बिहान उठे लगत्तै मोबाइल फोन नचलाउन सुझाव दिन्छन् । तपाईं दिनको शुरुआत योग वा ध्यानबाट गर्न सक्नुहुन्छ । त्यसले मन र मस्तिष्कमा शान्ति र ऊर्जा भर्छ र तपाईं आफ्नो दैनिक काम प्रभावकारी ढंगले गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया