शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुलावी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता नाजिर हुसेनलाई फरक रुपमा प्रस्तुत गरिएको छ ।

पोस्टरमा नाजिर ‘ट्रान्स वुमन’को लुकमा देखिएका छन् । गाजल, टिकी र नथिया लगाएको नाजिकको सो तस्विर अहिले चर्चामा छ । पारलैङ्गिकताको कथामा बनेको यस फिल्मका लागि नाजिरले १५ केजी तौल समेत घटाएका थिए ।

फिल्ममा नाजिर गुलावी पात्रको भूमिकामा देखिनेछन् । फिल्ममा नाजिरका साथै संचिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका अभिनय छ ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा निर्देशक भट्टकै कथा रहेको छ । पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् । फिल्मको प्रदर्शन मिति भने चाँडै तय गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया