बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – यसपालीकाे युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुन: स्पेन र इटाली भिड्ने भएका छन् । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले बुधबार निकालेकाे ‘ड्र’ अनुसार सेमिफाइनलमा स्पेन र इटाली पुन: भिड्ने भएका हुन् ।

सन् २०२१ को सिजनकाे सेमिफाइनल मा स्पेनले इटालीलाई २-१ ले पराजित गरेको थियो । फाइनलमा फ्रान्ससँग २-१ ले नै पराजित भएको थियो । अर्काे सेमिफाइनलमा क्रोएसिया र नेदरल्यान्ड्स भिड्ने छन् ।

सेमिफाइनल अगामी १४ र १५ जुनमा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल १८ जुनमा हुनेछ । १४ जुनमा नेदरल्यान्ड्स र क्रोएसियाले पहिलो सेमिफाइनल खेल्नेछ । १५ जुनमा इटाली र स्पेन भिड्ने छन् । यो सबै खेल नेदरल्यान्ड्सको रोदरड्याम वा इन्सिड शहरमा हुनेछ ।

क्रोएसिया नेसन्स लिग १ को समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेन समूह बी, इटाली समूह सी र नेदरल्यान्ड्स समूह डीको विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेका टोली हुन् । यता, नेदरल्यान्ड्स सन् २०१९ को नेसन्स लिगको फाइनलमा आयोजक पोर्चुगलसँग १-० ले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया