बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – जापान नजिक समुद्रमा गइरहेको एक जहाज डुबेपछि ६ जना चिनियाँसहित आठजनाको मृत्यु भएको एक चिनियाँ कूटनीतिकर्मीेले बताएका छन् ।

जिन थ्यान जहाजमा चीन र म्यान्मारका कर्मचारीहरू थिए । उनीहरूले मंगलवार साँझ जापानको डान्जो टापुसमूह भन्दा ११० किलोमिटर पश्चिमबाट आफूहरू समस्यामा परेको संकेत पठाएका थिए ।

जहाजका कप्तानले स्याटेलाइट फोनमा दक्षिण कोरियाका तटरक्षकलाई आफू र अन्य कर्मचारीले बिहान डुब्दै गरेको जहाज छोड्ने बताएका थिए । जापानको तटरक्षक र सेनाले १३ जना कर्मचारीलाई उद्धार गरेको थियो । ***

तपाईको प्रतिक्रिया