बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो।बार्सिलोनाको जितमा ओसमान डेम्बेलेले गरेको एकमात्र गोल निर्णायक बन्यो। डेम्बेलेले खेलको ५२ औँ मिनेटमा गोल गरेका थिए।

त्यसअघि खेलको ४० औँ मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अधिकांश समय बार्सिलोनाले खेल आफ्नो नियन्त्रणमा राखेको थियो।

त्यस्तै अर्को खेलमा ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ। ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २-१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो।ओसासुनाका इजिक्वेल एभिला र एब्डेसमाड इजालजोउलीले गोल गरे। सेभियाका युसुफ एन न्यास्रीले एक गोल फर्काए। आज राति दुई क्वाटरफाइनल हुँदैछ। राति १२:४५ बजे भ्यालेन्सिया र एथ्लेटिको बिल्वाओ र १:४५ बजे रियल म्याड्रिड र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ।

 

तपाईको प्रतिक्रिया