काठमाडौँ – आज ‘श्रीपञ्चमी’ अर्थात् सरस्वती पूजा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।
सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनु शुभ मानिन्छ । सोही मान्यता अनुसार अन्यत्रजस्तै काठमाडौंको स्वयम्भूनाथमा अभिभावकहरू आज आफ्ना बालबालिकालाई लेख्न सिकाउँदैछन् ।
हेर्नुहाेस् समुद्रपारि डट कम का फाेटाे पत्रकार शुदर्शन मल्लले खिचेका तस्वीरहरू: