शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

अमेरिकी पूर्वअन्तरिक्ष यात्री बज एल्ड्रिनले ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् । एल्ड्रिनले आफ्नो ९३ औँ जन्मदिनमा चौथौ विवाह गरेका हुन् । उनले ६३ वर्षीया डाक्टर एन्का फाउरसँग विवाह गरेका हुन् ।

नयाँ जिन्दगीको शुरुवात गर्न पाउँदा आफूहरूले भागेर विवाह गरेका किशोर-किशोरीजस्तै महसुस गरेको बताएका छन् । उनले आफ्नो ट्विटरमार्फत विवाह समारोहको फोटो सार्वजनिक गरेका थिए ।

सन् १९६९ को ऐतिहासिक अन्तरिक्षयान अपोलो ११ का पाइलटहरूमध्ये एल्ड्रिन पनि एक थिए । निल आर्मस्ट्रङपछि चन्द्रमा पाइला टेक्ने पहिलो दुई व्यक्तिमध्ये एल्ड्रिन पनि एक हुन् । चन्द्रमामा पाइला टेक्ने पहिलो चार जना व्यक्तिमध्ये जीवित उनी मात्रै हुन् ।

तपाईको प्रतिक्रिया