शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि अधिकारीले जिम्मेवारी बाँडफाँटसहित मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

गण्डकीमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झारेका मुख्यमन्त्री अधिकारीले माओवादीलाई २ र एमालेलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय राखेका छन् । राप्रपालाई एउटा मन्त्रालय दिएका छन् ।

अर्थ मन्त्रालयमा एमालेका रोशन गाहा मगरले जिम्मेवारी पाउने पक्का भएको छ । वेद बहादुर गुरुङ कृषि तथा जलश्रोत र सीता कुमारी सुन्दास आन्तरिक मामिला तथा कानून मन्त्री बनेकी छिन् ।

माओवादीले दोश्रो वरियता सहित भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । भौतिकमा हरिबहादुर चुमान र उद्योगमा रेशम जुग्जाली मन्त्री बन्नेछन् । एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया