शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

काठमाडौं – संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास भएको छ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने जाने बाटो बिचमा उनले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसारकाअनुसार उनको उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर लगिएको छ । उनी इलामको पञ्चकन्या ६ निवासी प्रेमप्रसाद आचार्य हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट बाहिर निस्केलगत्तै आत्मदाह गरेका हुन् । आचार्य गम्भीर घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया