शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

काठमाडौं – बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पले बझाङको चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन भत्काएको छ । उक्त भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको थियो । चैनपुरस्थित एक होटलको छतमा बनाइएको मन्दिर भत्केको छ

बाजुरा, बझाङलगायत जिल्लामा भूकम्पको धक्काबाट कतिपय भौतिक संरचना भत्किएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सूर्य थापाले बताए । उद्धारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सूर्य थापाले बताए । भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

भूकम्पको धक्का पश्चिम नेपालको नेपालगन्ज, सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ । यसअघि कात्तिकको तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया