शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

काठमाडौं – भारतीय क्रिकेट खेलाडी केएल राहुल विवाह बन्धनमा बाँधिएका छन् । राहुल हिजो सोमबार आफ्नी प्रेमिका आथिया सेट्टीसँग विवाह बन्धनमा बाँधिएका हुन् । राहुलले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिरहरु सेयर गर्दै ‘तिम्रो उज्यालोमा मैले माया गर्न सिकेँ’ लेख्दै बिहेबार नै जानकारी दिएका हुन् ।राहुलले लेखेका छन्, “हामीले अपार सुख र शान्ति प्रदान गर्ने घरमा आज हाम्रा प्रियजनहरूको उपस्थितिमा विवाह गरेका छौँ ।

कृतज्ञता र प्रेमले भरिएको हृदयले, हामी एकताको यो यात्रामा तपाईंको आशीर्वाद खोज्छौँ ।” बलिउड अभिनेता सुनिल सेट्टीकी छोरी आथिया र राहुलको खन्डालामा एक समारोहमा विवाह भएको थियो । यो विवाहमा दुवैका परिवारका साथमा नजिकका साथीहरु पुगेका थिए । विवाहमा अनुपम खेर, ज्याकी श्राफकी छोरी कृष्णा श्राफ, अर्जुन कपूर, उनकी बहिनी अंशुला कपूर र अभिनेत्री आकांशा रञ्जन कपूर पुगेका थिए ।

 

 

तपाईको प्रतिक्रिया