शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

टोकियो – जापानका प्रधानमन्त्री फुमियो किशिदाले सोमबार देशको घट्दो जन्मदरलाई सम्बोधन गर्न तत्काल कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वको सबैभन्दा पुरानो समाजलाई जोगाउन ‘अहिले नसके कहिल्यै नहुने’ भएको बताएका छन् ।

जापानले हालैका वर्षहरूमा आफ्ना नागरिकहरूलाई नगद बोनस र राम्रो फाइदाहरू दिने प्रतिबद्धताका साथ धेरै बच्चाहरू जन्माउन प्रोत्साहित गर्ने प्रयास गरिरहेको छ । तर, सर्वेक्षणहरू अनुसार बच्चा हुर्काउन जापान संसारकै सबैभन्दा महँगो ठाउँहरू मध्ये एक हो ।

गत वर्ष जापानको जन्मदर नयाँ रेकर्डका साथ न्यून बिन्दुमा झरेको थियो । जापानमा गत वर्ष ८ लाख शिशु जन्मिएका थिए यति न्यून सङ्ख्या जापानले अनुमान गरेको भन्दा ८ वर्ष पहिलो नै देखा परेको हो । यसले सम्भवतः औसत उमेर ४९ रहेको जापानको जनसङ्ख्यामा थप गिरावट ल्याउने ठानिएको छ । मानाकोपछि जापानको औसत उमेर यति उच्च हो ।

‘हाम्रो राष्ट्र आफ्नो सामाजिक कार्यहरू कायम राख्न सक्छ कि सक्दैन भन्ने कुरोमा छ,’ किशिदाले यस वर्षको संसदीय सत्रको उद्घाटनको नीतिगत भाषणमा भनेका थिए । ‘जन्म र बच्चाको पालनपोषण सम्बन्धी नीतिहरूको कुरा गर्दा यो अहिले वा कहिले पनि हुने छैन, यो एउटा मुद्दा हो जुन अब पर्खन सकिँदैन,’ उनले भनेका छन् ।

किशिदाले बालबालिकासम्बन्धी नीतिका लागि बजेट दोब्बर गर्ने योजना जुनसम्ममा पेश गर्ने र यस मुद्दाको रेखदेख गर्न बालबालिका र परिवारका लागि नयाँ सरकारी निकाय अप्रिलमा स्थापना गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया