शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – बुद्ध एयरले पहिलो व्यावसायिक उडान सुरु गरेको बिचक्राफ्ट ‘बी १९०० डी’ विमान बिक्री गरिएको जनाएको छ । उडान सुरु गरेको २५ वर्षपछि कम्पनीले दुई थान जहाज क्यानेडियन कम्पनीलाई उक्त जहाज बिक्री गरिएको जनाएको हो ।

एटीआरबाटै सबै गन्तव्यमा उडान गर्दा सजिलो हुने भएकाले बुद्धले बिचक्राफ्ट बिक्री गरेको कम्पनीले उल्लेख गरेको छ । पुरानो जहाज भए पनि मर्मतपछि जहाजले काम गर्ने हुँदा उक्त कम्पनीले खरिद गरेको बुद्धले बताएको छ । कम्पनीले १८ सिट क्षमताका यी जहाज २५ वर्षसम्म नियमित उडान गरेको थियो ।

२५ वर्ष नेपालमा उडान गरेर क्यानेडिएन कम्पनीले पुन: व्यवसायी उडान गर्ने गरी खरिद गरेको छ । बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत पहिलो व्यावसायिक उडान सुरू गरेको थियो । एयरले अझै तीनवटा एटिआर-७२ जहाज खरिद गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया