शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

काठमाडौं – सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेशी तोकिएको थियो ।

तर जाहेरवाला किशोरीका वकिलले पेशी सार्न निवेदन दिएका हुन् । सन्दीपलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया