काठमाडौँ – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ३०० र तेजाबी सुन एक लाख चार हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार क्रमशः एक लाख पाँच हजार र एक लाख चार हजार ५०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य समेत तोलामा पाँच रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।