शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

काठमाडौँ – ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा एडी एनकेटीले दुई गोल गरेका थिए भने बुकायो साकाले एक गोल गरेका थिए ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि मार्कश राशफोर्ड र लिसान्द्रो मार्टिनेजले एक एक गोल गरेका थिए । यो खेलपछि प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनलको १९ खेलमा ५० अंक भएको छ ।

आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी छ । यद्यपी आर्सनल सिटीभन्दा एक खेल कम खेलेको छ । त्यसैगरी म्यानचेस्टर युनाइटेड को २० खेलमा ३९ अंक भएको र लिगमा चौथो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया