शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

टोकियो – कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिति क्युस्युको अध्यक्षमा दीपक बहादुर शाही चयन भएका छन् । आइतबार सम्पन्न क्षेत्रीय समितिको दोस्रने अधिवेशनले शाहीलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार परियार, उपाध्यक्षमा मिलनकुमार शाही, उपाध्यक्षमा जीवन कँडेल चयन भएका छन् । यसैगरी महासचिवमा सुरेन्द्र शाही, सचिवमा जसटेन परियार, सचिवमा दीपक कुमार शाही, कोषाध्यक्षमा टीका भण्डारी र  सह कोषाध्यक्षमा प्रेम महतारा चयन भएको समितिले जनाएको छ ।

क्षेत्रीय समितिको सदस्यहरू उपेन्द्र खड्का, भुवन शाही, चन्द्रबहादुर शाही, सन्तोष शाही, रञ्जना शाही, अखन सिंह, लक्ष्मी लामिछाने, तीर्थ थापा चयन भएका छन् ।

निवर्तमान अध्यक्ष हरिचन्दप्रसाद उपाध्यायको अध्यक्षता सम्पन्न अधिवेशनका प्रमुख अतिथिमा क्षितिज पन्त, विशेष अतिथि एनआरएन जापानका सचिव देवराज उप्रेती, एनआरएन क्युस्युका उपाध्यक्ष विवेक बुढाथोकी, कुमामोतो नेपाली समाजका अध्यक्ष पवन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया