शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – अमेरिकामा अन्धाधुन्ध गोली प्रहार गरिँदा १० जनाको मृत्यु भएको छ । क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २० मिनेटमा घटना भएको हो ।

लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको बीबीसीले जनाएका छन् । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । गोली प्रहार गर्ने व्यक्ति पुरुष भएको हुनसक्ने स्थानीय अधिकारिहरूको आशंका छ ।

घटना भएको उक्त सहर लस एन्जलसबाट १३ किलोमिटर पूर्वतर्फ पर्छ । एक प्रत्यक्षदर्शीले तीन जना मानिसहरू आफ्नो रेस्टुरेन्टमा आएर मेसिन गन बोकेको मानिस त्यहाँ रहेकाले ढोका बन्द गर्न आग्रह गरेका थिए । एक साता लामो लुनार नयाँ वर्ष मनाउन यसअघि त्यहाँ एक लाखभन्दा धेरै मानिसको भीड हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया