Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

अस्ट्रेलियाको क्विन्सल्यान्ड (उत्तरी वर्षावन क्षेत्र)मा २ किलो ७०० ग्रामको विशाल भ्यागुतो फेला परेको छ। वन्यजन्तु अधिकारीहरूले यस भ्यागुतोलाई कन्टेनरमा राखेर संरक्षण गरेका छन् । यो भ्यागुतो क्विन्सल्यान्डस्थित सङ्ग्रहालयलाई दिने तयारी गरिएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अस्ट्रेलियामा सन् १९३५ देखि पत्ता लागेका यस किसिमका भ्यागुताहरूको संख्या २ अर्ब जति रहेको अनुमान छ । भ्यागुतोको सामान्य आकारभन्दा हालै भेटिएको भ्यागुतो ६ गुणा ठूलो रहेको छ । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै रेन्जर केली ग्रेले भनिन्, ‘मैले यति ठूलो भ्यागुतो अहिलेसम्म देखेकी थिइन् । यो खुट्टा भएको फुटबलजस्तै देखिन्छ । यसलाई हामीले टोडजिल्ला नाम राखिदिएका छौँ ।’

यस भ्यागुताले कीरा-फट्याङ्ग्रा, घस्रने जनावर र साना स्तनधारी जनावरलाई आफ्नो आहार बनाउने गरेको ग्रेले बताइन् । यस प्रकारका भ्यागुता सामान्यतया: १५ वर्षसम्म बाँच्ने गरे पनि यो भ्यागुतो थप केही वर्ष बढी हुनसक्ने उनले बताइन् । यस भ्यागुतोको उमेर भने यकिन भएको छैन ।

हालै भेटिएको भ्यागुतोले आकार र तौलमा विश्व रेकर्ड तोड्ने अनुमान गरिएको छ। हाल विश्वको सबैभन्दा ठूलो भ्यागुतोको विश्व रेकर्ड सन् १९९१ मा स्विडेनको प्रिन्सेन नामको भ्यागुतोको नाममा छ। त्यसको तौल २ किलो ६ सय ५० ग्राम थियो ।

तपाईको प्रतिक्रिया