शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

टोकियो – जापानको टोयोटा शहरमा एनआरएनए जापान नागोया क्षेत्रीय समिति र तोकाइ वाटिका इन्टरनेशनल स्कुल, नागोया बिचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त खेलको आयोजना जापानको नागोया शहरमा स्थापना भएको तोकाइ वाटिका इन्टरनेशनल स्कुलले गरेको हो ।प्रतियोगितामा एनआरएनए क्षेत्रीय समिति नागोया जापान विजयी भएको छ । एनआरएनएले तोकाई बाटिकालाई २ गोलका विरुद्ध ४ गोल गर्दै विजयी भएको हो । खेलमा पत्रकार समेत रहेका कविकिरण न्यौपाने खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । विजयी टिम तथा खेलाडीलाई ट्रफि तथा मेडल प्रदान गरिएको थियो ।जापानको नागोया शहरमा नेपालीहरूको सङ्ख्या बृद्धिसंगै अंग्रेजी, नेपाली, जापनिज भाषामा इन्टरनेशनल स्कुल आवश्यकता महसुस भई स्थापना भएको यस स्कुलले आफ्नो अतिरिक्त कृपाकलाप अन्तगत यो खेलको आयोजना गरेको तोकाई बाटिका इन्टरनेशनल स्कुलका अध्यक्ष डा सुदिप अधिकारीले बताए । प्रतियोगिता पछि पुरस्कार वितरण तथा समापन कार्यक्रममा यस प्रकारको प्रतियोगिताले नेपाली नेपाली बिच जोड्ने काम गरेको डा अधिकारीको तर्क छ ।प्रतियोगिता पछि पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी सदस्य डा सरोज कँडेल, एनआरएन जापानका सल्लाहकार एवं तोकाई बाटिका ईन्टरनेशनल स्कुलका सञ्चालक समितिका सदस्य विमल अधिकारी, एनआरएनए एशिया प्यासिफिकका संयोजक पारशमणि पोखरेल, एनआरएनए आईसिसि सदस्य दीपक कार्की, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, पूर्व बक्सर खेलाडी तथा प्रशिक्षक देव घिमिरेले शुभकामना व्यक्त गरेका थिए ।यसैगरी गलकोट समाज जापानका निवर्तमान अध्यक्ष यम खत्री, एनआरएनए नागोयाका संयोजक मनोजबम मल्ल, जन सम्पर्क समिति नागोयाका संयोजक कुशल धिताल, तोकाई बाटिकाका कोच तथा स्कुलका सञ्चालक समितिका सदस्य सुरज काफ्ले लगायतले पनि विजयी खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । आगामी वर्षहरूमा पनि अझैँ परिकृत तरिकाले यस्ता खेलको आयोजना हुने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया