बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – अभिनेता राजेश हमालले महानायकको सम्मान पाएका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सम्मान प्रदान गरेका हुन् । भक्तपुरमा शनिबार आयोजित एपिक म्युजिक अवार्डको कार्यक्रममा हमालले यो सम्मान लिएका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राजेश हमालको प्रशंसासमेत गरेका थिए । राजेश हमाललाई महानायकको सम्मान दिइएको यो पहिलो पटक होइन । तर, नेपाली सिने क्षेत्रमा बारम्बार यो विषयमा चर्चा हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया