काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साता २९ अंकले बढेको छ । साताभरको कारोबारमा बजार परिसूचक २९.४२ अंकले बढेको हो। गत साताको अन्तिम कारोबार पश्चात २१४९.३९ मा रहेको परिसूचक यस साताको अन्तिम कारोबार पश्चात २१७८.८१ मा उक्लिएको छ।
आइतबार र सोमबार सरकारले सार्वजनिक बिदा दिएका कारण बन्द रहेको बजार मंगलबारदेखि खुलेको बजार साताभरमा जम्मा तीन दिनमात्रै कारोबार भएको थियो । साताको कारोबारको सुरुवात भएको मंगलबार बजार ३२ अंकले बढेको थियो । यस्तै कारोबारको तर्फ मंगलबार ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। यस्तै बुधबार बजार भने बजार ९ अंकले घटेको थियो । साताको दोश्रो कारोबारको दिन ९.०१ अंकले घट्न पुग्यो । कारोबारतर्फ भने बुधबार झन्डैं पाँच अर्ब पुगेको थियो । सो दिनको कारोबारमा ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार बजार सामान्य अंकले बढ्दै कारोबार बन्द भएको थियो । सो दिन ५.७१ अंक बढेर साताको कारोबार बन्द हुन पुग्यो। बिहीबार ३ अर्ब ४ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । यस साता सेन्सेटीभ इन्डेक्स ३.८० अंकले बढेको छ । यस्तै फ्लोट इन्डेक्स पनि २.०३ अंकले बढ्दा सेन्सेटीभ फ्लोट इन्डेक्स १.५० अंक बढेको छ ।