Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सोबिता गौतमले आजपहिलो पटक प्रतिनिधिसभामा बोल्दै धेरैको मन जितिन। बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै गौतमले आफूभन्दा कान्छो व्यक्तिको यसभन्दा अघि संसदमा प्रतिनिधित्व नभएको पनि दाबी गरिन्।

‘मेरो उपस्थिति यो सदनकै निम्ति पनि ऐतिहासिक क्षण हुनसक्छ । सम्भवत म भन्दा कान्छो व्यक्तिले यो सदनमा सम्बोधन गर्ने मौका अवश्य पनि पाएको थिएन होला,’ उनले भनिन् । लोकतन्त्र शासन पद्धति नभएर जनताको जीवनशैली भएको र जनताको भावनाको प्रतिनिधित्व हुनुपर्ने उनले बताइन् ।

‘लोकतन्त्र फगत शासन पद्धति मात्रै होइन, जनतको जीवनशैली पनि हो । लोकतन्त्रको अब्बल परीक्षा पिछिडिएको वर्गले मुलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्रै हाम्रो लोकतन्त्र उन्नत हुनसक्छ,’ उनले भनिन् । साथै, उपसभामुखको उम्मेदवार रहेकी इन्दिरा राणाको प्रस्तावक रहेकी गौतमले इन्दिराको पक्षमा मतदानको लागि पनि आह्वान गरिन् । इन्दिरा उपसभामुखको कुर्चीमा बस्नु पद र संसद दुवैको सम्मान हुने उनले बताइन् । उनले उपसभामुखको अर्की उम्मेदवार मुक्ताकुमारी यादवलाई शुभकामना दिइन् ।

 

तपाईको प्रतिक्रिया