शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह र रियालिटी शाे ‘कमेडी च्‍याम्पियन’का निर्देशक विशाल भण्डारीबीच फेसबुकमा भनाभन चलेकाे छ । महानगरले घर/टहरा भत्काउनेभन्दा अरु काम नगरेको भन्दै एक पोस्ट शेयर गरेका भण्डारीलाई मेयर बालेनले पैसामा बिक्ने मान्छेलाई जवाफ दिन जरुरी नरहेका जवाफ फर्काएका छन् । भण्डारी पैसाकाे पछि कुद्ने व्यक्ति भएकाे आरोप पनि मेयरले लगाएका छन् ।

हेर्नुस् भण्डारीले के लेखेका थिएः

पाेस्टकाे कमेन्टमा बालेनले लेखेका छन्, ‘तिम्रोजस्तो शो पैसाको भोटले जितिन्छ, तिमी पैसा कमाउन आको हौ,
तिम्रो अस्तित्व पैसाबाहेक केही छैन, तिमीलाई जीवनमा पैसाबाहेक केही कमाउनु छैन, तिमीजस्तो बिकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’

भण्डारीले अर्को स्टाटसमा भत्काउनुबाहेक के बनाउनुभयो भनेर प्रश्न सोधेको लेखेका छन् । त्यसमा पनि बालेनले कमेन्ट गरेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?

 

तपाईको प्रतिक्रिया