Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – रुसको एक गुप्तचर जहाज अमेरिकाको हवाई राज्य नजिक पुगेको तर अन्तर्राष्ट्रिय जलक्षेत्रमै रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अमेरिकाको तटवर्ती क्षेत्रमा रुसको गुप्तचर जहाज आउनु नौलो कुरा नभए पनि अहिले युक्रेन युद्ध कारण रुस र अमेरिकाबीच तनाव चरममा रहेको बेलामा जहाज देखिँदा त्यसमा बढी ध्यान गएको हो । भिश्न्या क्लासको कारेलिया गुप्तचर जहाजलाई अमेरिकाको कोस्ट गार्डले कैयौं हप्तादेखि निगरानी गरिरहेको छ ।

‘रुसीहरूले अहिले यो जहाज किन चलाइरहेका हुन् भन्ने बारेमा म टिप्पणी गर्न सक्दिनँ तर यो समय छान्नु चाहिँ खतरनाक छ,’ पेन्टागनकी प्रवक्ता सब्रिना सिंहले बताइन् । रुसी जहाजले असुरक्षित र अव्यावसायिक व्यवहार नगरेको अनि रुसीहरूले अन्तर्राष्ट्रिय कानून बमोजिम यस क्षेत्रमा गतिविधि गर्ने आशा आफूहरूले राखेको सिंहले बताइन् ।

तपाईको प्रतिक्रिया