Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अस्तव्यस्त भएको छ । आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रियतर्फका जहाज पनि निकै प्रभावित भएका छन् ।

नेपालगञ्जबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा डाइभर्ट भएको छ। यस्तै, नेपाल एयरलाइन्सको क्वालालम्पुरबाट उडेको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता डाइभर्ट भएको छ। मुम्बईबाट काठमाडौं आइरहेको भिस्तारा एयरलाइन्स र दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज आकाश मै होल्ड भइरहेका छन्। केहिबेरमा भिजिबिलिटीमा सुधार भएर उडान र अवरतण सामान्य हुने अपेक्षा लिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया